एफएनसीसीआई चुनावः वरिष्ठ उपाध्यक्ष पदको जिल्ला/नगर मतगणना सुरु



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदका लागि जिल्ला/नगरको मतगणना सुरु भएको छ ।

एसोसिएटतर्फको मतगणना सकिएपश्चात जिल्ला/नगरको मतगणना सुरु भएको हो ।

एसोसिएटतर्फको कुल मतगणना हुँदा रामचन्द्र संघईले ६१३ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ५७३ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरेका छन् ।

एसोसिएटतर्फ वरिष्ठ उपाध्यक्ष पदका लागि १६३० मत खसेको थियो । जसमध्ये केही मत भने बदर भएको र केही मतपत्र नै खाली रहेको प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले बताए ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठनमा जिल्ला/नगरतर्फकाे मतगणना जारी रहेकाे छ ।


क्लिकमान्डु