कोसी प्रदेशमा अन्जन समूहका नरेन्द्र खड्का र बागमतीमा उमेशलाल समूहका सविन श्रेष्ठ निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोसी प्रदेशमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको प्यानलबाट चुनाव लडेका नरेन्द्र खडका निर्वाचित भएका छन् । खड्का ११ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धीहरू टंक कार्की र तारानाथ घिमिरेले ८-८ मत पाएका छन् । महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले आफ्नो वर्चस्व रहेको दाबी गरेको कोशीमा अन्जन समूहलाई सफलता मिलेको हो ।

त्यस्तै बागमती प्रदेशमा उमेशलाल श्रेष्ठ प्यानलबाट चुनाव लडेका सविन श्रेष्ठ निर्वाचित भएका छन् । उनी पनि ११ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कृष्णप्रसाद अवालले ७ मत पाएका छन् ।


क्लिकमान्डु