दाइले भेट्न खोज्नुभएको छ भन्दै ढाकाकुमारका भाइले दुर्गा प्रसाईंलाई फोन गरेको अडियो सार्वजनिक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको घटनामा नयाँ ट्विस्ट आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणमा सांसद श्रेष्ठले उक्त अडिओमा भएको आवाज आफ्नो नभएको दाबी गरेका छन् । साथै अडिओ सम्पादित भएको दाबी गर्दै पत्र पठाएका छन् ।

तर, ढाका कुमारका भाइ भन्ने व्यक्तिले व्यवसायी प्रसाईंलाई फोन गरेको अडियो सार्वजनिक भएको छ ।

आइतबार प्रसाईं र ढाकाकुमारबीचको कुराकानी भएपछि त्यसलाई मिलाउन भन्दै उनका भाइ भन्ने व्यक्तिले प्रसाईंलाई फोन गरेको अडियो संवाद कपुरबोटले सार्वजनिक गरेको छ ।

यस्तो छ संवाद

दुर्गा प्रसाईं: ढाकाको भाइ तपाईं ?

उताबाट जवाफ आउँछ (ढाकाकुमारको भाइ) : हजुर

ढाकाको भाइ: पार्टीले कारबाही गर्ने भयो दाईको साधारण सदस्यता र संसद पद पनि जाने भयो ।

दुर्गा: मैले के सयोग गर्ने त भाइ अब ? माग्न लगाउने मान्छेको गल्ती हो ।

ढाकाको भाइ: लाटो सोझो मान्छेलाई ! हजुरले बुझिदिनु परो । दाईले हजुरलाई भेट्न खोज्नु भएको छ । कता हुनुहुन्छ होला ?

दुर्गा: म आज वीरगञ्जको कार्यक्रममा आएको छु कि भाइ । मलाई भरे बेलुका भेट्न भन्दिनु न त ल!

ढाकाको भाइ: वीरगञ्ज कहाँ ?

दुर्गा: वीरगञ्जमा आएको छु कार्यक्रममा । अब बैंक, लघुवीत्त, सहकारीहरुले सक्काइहाल्यो रवि लामिछानेहरु यस्तै लुट्न गएका छन् त्यहाँ तपाईंले बुझ्नु भयो नि!

मलाई एउटा चित्त नबुझेको क्या ! सांसद बनाउँदा नि पैसा लिने, मन्त्री हुँदा नि पैसा लिने भएन नि यो पार्टी अध्यक्षहरुले ।

ढाकाको भाइ: खै म त यो केहो दाईहरुको कुरा बुझ्दिन ! दाईले एक पटक कुरा गर् भन्नु भयो ।


क्लिकमान्डु