अर्थमन्त्रीमा आरजुकै रोजाइका प्रकाशशरणलाई पठाउने करिब निश्चित



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवाका मुख्य रोजाइका नेता डा. प्रकाशशरण महतलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने करिब निश्चित भएको छ । पार्टीभित्रको चर्को विरोधका बाबजुद अर्थ मन्त्रालयसहित महतको सत्तायात्रा तय भएको हो ।

सभापतिको अडानका अगाडि कसैको केही नलागेको कांग्रेसका एक नेताले क्लिकमान्डुसँग बताए । महतलाई अर्थ मन्त्रालयको जिम्मा दिने विषयमा पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि सहमत छैनन् । तर, सभापतिका सामु उनीहरू निरीह सावित भएका छन् ।

ती नेताका अनुसार देउवाले पत्नी आरजुको चाहनाअनुसार प्रकाशशरण या ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिन चाहेकी थिइन् र त्यस्तै पनि भयो । पब्लिक इमेज राम्रो नभएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने दुवैलाई चाहेका थिएनन् ।


क्लिकमान्डु