सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्ड सम्पन्न, कुन एयरले के पाए ?
काठमाडौं । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउन भन्दै टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस् २०२२ सम्पन्न भएको छ ।
ग्लोबल एक्रिडिएसन काउन्सिलले अनलाइनमार्फत गरेको भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्याङ्कबाट प्राप्त नतिजाका आधारमा बिजेता छनोट गरेको जनाएको छ ।
सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्समा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वायुसेवा प्रदायक तथा आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गरेका थिए ।
जसबाट बेस्ट एयरलाइन्स अफ द इयर इन्टरनेसनलको अवार्ड कतार एयरवेज, बेस्ट एयरलाइन्स अफ द इयर डोमेस्टिकको अवार्ड बुद्ध एयर, बेस्ट एयरलाइन्स अफ द इयरको अवार्ड हाइब्रिड तथा एलसीसीको अवार्ड हिमालय एअरलाइन्सले पाएका छन् ।
बेस्ट एयरलाइन्स अफ द इयर अफलाइन अपरेसनको अवार्ड एमिरेट्स् एयरवेज, बेस्ट नेसनल एयरलाइन्सको अवार्ड नेपाल एयरलाइन्स, बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसनको अवार्ड नेपाल एयरलाइन्स ग्राउन्ड ह्याण्डलिङ्ले पाएका छन् ।
यस्तै बेस्ट बिजनेस क्लास अवार्ड कतार एयरवेज, बेस्ट इकोनोमी क्लास अवार्ड फ्लाई दुबई, बेस्ट क्याबिन क्रु एयर अरबिया
बेस्ट ट्रान्जिट एअरपोर्ट लाउन्ज अवार्ड टर्किस एयरलाइन्स बेस्ट एयरलाइन्स रिवार्डस् प्रोग्राम पाएका छन् । कतार एअरवेज
बेस्ट एयरलाइन्सले फ्रन्ट डेस्क सपोर्ट, जजिरा एयरवेज सीईओ अफ द इयर बिरेन्द्रबहादुर बस्नेतले पाएका छन् ।