आइएमई पे वालेटमा रिया मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर



काठमाडौं । आइएमई पे वालेटमा रियामार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर सार्वजनिक भएको छ ।

रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर सार्वजनिक गरिएको हो ।

विदेशमा रहेका लाखौँ नेपालीहरूका लागि रियाको अनलाईन प्लेटफर्मबाट पैसा पठाउँदा ५० रुपैयाँ सम्मको क्यासब्याक दिने सुविधा छ ।

उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्स्फरको अनलाईन पोर्टलमा गइ आइएमई पेमा सिधै र तुरुन्तै पैसा पठाउन मिल्ने गरी व्यवस्था मिलाइएको छ ।


क्लिकमान्डु