कुर्सी होइन, काम ठूलो होः मन्त्री किराँती



सर्लाही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताएका छन् ।

‘फोनिजको अभियान, सञ्चारमा पहिचान’ भन्ने मूल नाराका साथ आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उनले भने, ‘अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नैपर्छ ।’

उनले मन्त्रालय जनताको भएकाले जनतासँग सहकार्य गर्न आफू तयार रहेको बताए । जनताको प्रगति नै मुलुकको उन्नति भएकाले त्यसका लागि पर्यटन व्यवसाय पहिलो सर्त भएको उनको भनाइ छ ।


क्लिकमान्डु