न म मन्त्री बन्ने हो, न म बन्न मिल्छ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री बन्ने तरखरमा नरहेको बताएका छन् । आफू मन्त्री बन्ने लाइनमा नरहेको उनको भनाइ थियो ।

आइतबार आर्थिक समाजले आयोजना गरेको कार्यक्रममा थापाले सत्तामा रहेको पार्टीको महामन्त्री रहेको भन्दै आफ्नो दायित्व र जिम्मेवारी अहिले त्यो नभएको बताए ।

‘कतिपय साथीहरुले मलाई तपाईं मन्त्री भएर जानुहुन्छ भनेर सोध्नुहुन्छ,’ थापाले भने, ‘म त मन्त्री होइन, महामन्त्री हो । म त सत्तामा भइरहेको पार्टीको महामन्त्री नै छु नि । मेरो त जिम्मेवारी हो नि यो । मेरो दायित्व हो नि यो ।’

उनले आफूले पाँच वर्षका लागि सांसदको जिम्मेवारी पाएको बताए । कतिपयले आफूलाई सत्ता चलाउन सक्नु हुन्न र? भन्दै प्रश्न गरेको भन्दै थापाले भने, ‘म त मन्त्री होइन, प्रधानमन्त्री चलाउन सक्छु भन्ने विश्वास गरको मान्छे हो । बन्छु भनेर लागेको हो । अहिले भनेका सबै कुरा कुन कुन ठाउँमा गर्न सकिन्छ भनेर काम गरेको हो, तयारी गरेको हो । अब मैले त्यो कुरा गर्न त नेपाली कांग्रेसको संसदीय दलको नेता बन्नुपथ्र्यो । म बन्न सकिनँ । साथीहरुको विश्वास जित्न सकिन ।’

आफूले पाँच वर्षका लागि सांसदको जिम्मेवारी पाएको भन्दै उनले महामन्त्रीको रुपमा काम गर्ने भन्दै उनले भने, ‘मैले पाँच वर्षका लागि पाएको जिम्मेवारी सांसदको जिम्मेवारी हो । यो सबै काम मैले नेपाली कांग्रेसको महामन्त्री भएर आफ्नो काम गर्छु । र सांसद भएर यो कामहरु गर्छु । प्रधानमन्त्रीलई बन्छु ।’

पार्टी सरकारमा रहँदासम्म त्यसलाई सफल बनाउन लाग्ने बताए । ‘न म मन्त्री बन्ने हो, न म बन्न मिल्छ, न बन्दै छु, न बन्छु अहिले । नेपाली कांग्रेस पार्टी सरकारमा रहँदा सरकारलाई सफल बनाउने हो । सफलता कति समय टिक्यो भन्दा पनि परिणामको आधारमा भन्ने हो ’


क्लिकमान्डु