सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सलाई मर्जरमा जान प्राधिकरणले दियो अन्तिम स्वीकृति



काठमाडौं । बीमा प्राधिकरणले सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृति दिएको छ ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिहीबार अन्तिम स्वीकृति दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।

फागुन १२ गते बसेको दुवै कम्पनीको साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका छन् । असार २९ गते दुवै कम्पनीले मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

बीमा प्राधिकरणले युनियन लाइफ, प्राइम लाइफ र गुँरास लाइफलाई मर्जरका लागि यसअघी नै स्वीकृति दिइसके‍को छ ।


क्लिकमान्डु