जीवन बिमा कम्पनीको बिमा शुल्क ३.२६ प्रतिशतले घट्यो



काठमाडौं । माघमा १८ वटा जीवन बिमा कम्पनीले ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । यो रकम पुसको तुलनामा ३.२६ प्रतिशतले कम हो ।

पुसमा जीवन बिमा कम्पनीले १२ अर्ब १३ करोड ५८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका थिए । जीवन बिमा कम्पनीले एक महिनामा ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गर्दा प्रथम बिमा शुल्क २ अर्ब २७ करोड ९२ लाख रुपैयाँ छ । यस्तै नवीकरण बिमा शुल्क ९ अर्ब ४६ करोड १ लाख रुपैयाँ छ ।

माघमा सबैभन्दा बढी बिमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । कम्पनीले माघमा ३ अर्ब १ करोड ३० लाख १५ हजार रुपैयाँ आर्जन गरेको हो ।

यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसनको १ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ छ भने नेसनल लाइफले १ अर्ब २९ करोड ६१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

बिमा प्राधिकरणका अनुसार राष्ट्रिय बिमा प्राधिकरणले ३३ करोड ७८ लाख, मेट लाइफले ४० करोड ६ लाख, एसियनले ६४ करोड ५८ लाख, गुराँसले ३४ करोड १६ लाख, प्राइमले ३६ करोड ५६ लाख, आईएमईले ३६ करोड ७० लाख र युनियन लाइफले ७८ करोड ९८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

यस्तै सन नेपालले माघमा ३४ करोड ७५ लाख, रिलायन्स लाइफले २८ करोड ६ लाख, रिलायबल नेपालले २९ करोड ९२ लाख, सिटिजनले ४७ करोड ५७ लाख र सानिमा लाइफले २३ करोड ७९ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार प्रभु लाइफले १८ करोड ८० लाख, महालक्ष्मी लाइफले १४ करोड ५० लाख र सूर्यज्योति लाइफले ७१ करोड ५ लाख ७२ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

यसले अर्थतन्त्रमा मन्दी छाउँदा बिमा क्षेत्र पनि सुस्ताएको देखाउँछ । जसको असर बिमा शुल्कमा परेको बिमा क्षेत्रका जानकार बताउँछन् ।


क्लिकमान्डु