प्रिमियर इन्स्योरेन्सको ठूला सेयरधनीमा ८ जना व्यक्ति, कसको कति ?




काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीका ठूला सेयरधनीमा विभिन्न ८ जना व्यक्ति रहेका छन् ।

कम्पनीको ठूला सेयरधनीमा व्यक्ति मात्रै छन् । ठूला सेयरधनीमा राम लाल श्रेष्ठसँग सबैभन्दा बढी १२.३३ प्रतिशत अर्थात १५ लाख १४ हजार १४४ कित्ता सेयर रहेको छ । दोस्रोमा बालकृष्ण श्रेष्ठको ७.०९ प्रतिशत अर्थात ८ लाख ७० हजार ५६६ कित्ता, सुरेशलाल श्रेष्ठको ६.३७ प्रतिशत अर्थात ७ लाख ८२ हजार ६४५ कित्ता सेयर रहेको छ ।

यस्तै दिनेश लाल श्रेष्ठको ६.३७ प्रतिशत अर्थात ७ लाख ८२ हजार ९१ कित्ता, प्रभु कृष्ण श्रेष्ठको ६.१२ प्रतिशत अर्थात ७ लाख ५१ हजार ३४६ कित्ता रहेको छ ।

यता श्याम बहादुर पाण्डेको ५.०२ प्रतिशत अर्थात ६ लाख १५ हजार ७६७ कित्ता, अमिर श्रेष्ठको २.९६ प्रतिशत अर्थात ३ लाख ६३ हजार ५२२ कित्ता र विजय कृष्ण श्रेष्ठको २.०४ प्रतिशत अर्थात २ लाख ५० हजार ८९६ कित्ता रहेको छ ।


क्लिकमान्डु