बीमा प्राधिकरणले आधा घटायो प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश




काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश आधाले घटेको छ ।

अब कम्पनीले सेयरधनीलाई ३.५० प्रतिशत मात्रै लाभांश दिने भएको छ । यसअघि ६.५ प्रतिशत लाभांश दिने घोषणा गरेको कम्पनीले बीमा प्राधिकरणको निदेशन अनुसार लाभांश घटाएको हो ।

अब सेयरधनीलाई ३.३२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.१७ प्रतिशत लाभांश दिने भएको छ । उक्त लाभांश कम्पनीको अब बस्ने साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु