लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओको तलब ५७ लाख, सेयरधनीलाई ७ प्रतिशत बोनस



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा प्रमुख कार्यकारी अध‍िकृत (सीईओ) लाई ५६ लाख ९८ हजार ९४ रुपैयाँ तलब भत्ता दिएको छ । कम्पनीले गत वर्ष प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिक, भत्ता, दसैं खर्च, सञ्चित बिदा, बोनससमेत गरी उक्त रकम भुक्तानी गरेको हो ।

यस्तै कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतकदेखि प्रबन्धक तहसम्मका २६ जना पदाधिकारीलाई पारिश्रमिक, भत्ता, दसैं खर्च, सवारी साधन भत्ता, फिल्ड भत्ता (बजार विभागअन्तर्गत), सञ्चित बिदा, बोनससमेत गरी ४ करोड २९ लाख ९ हजार ७१४ रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै कम्पनीले गत आवमा सञ्चालकलाई बैठक भत्ताबापत १७ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै अध्यक्ष र सञ्चालकलाई १५ लाखबराबरको व्यक्तिगत दुर्घटना बिमा र पति/पत्नीसहित समेट्ने गरी ३ लाखबराबरको औषधोपचार बिमा गरिएको छ । अध्यक्ष तथा सञ्चालकलाई मोबाइल, इन्टरनेट, पत्रपत्रिका र इन्धनका लागि प्रतिमहिना प्रतिव्यक्ति ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराइएको छ ।

कम्पनीले गत आवको लाभांशबाट सेयरधनीलाई ६‍.९९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिएको छ ।


क्लिकमान्डु