समृद्धि फुड प्रोडक्टले एकै वर्ष गर्‍यो १ अर्ब बढीको व्यापार



काठमाडौं । अनन्त ब्रान्डमा विभिन्न प्रकारका मैदा तथा आँटा बिक्री गर्दै आएको समृद्धि फुड प्रोडक्ट प्रालिले एकै वर्ष एक अर्ब बढीको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२२ मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ९७ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा ९५ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ८८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१६ बाट सञ्चालनमा आएको कम्पनीले मैदा, आटा, पेसा आटा, सुजी र चोकरजस्ता वस्तु अनन्त ब्रान्डमा बिक्रि वितरण गर्दै आएको छ ।

आठ जनाको लगानी रहेको यस कम्पनीले दैनिक २८० मेट्रिक टन खाद्यान्न उत्पादन गर्दै आएको छ । जसमा १५० मेट्रिक टन मैदा, आँटा सुजी र चोकर र १३० मेट्रिक टन पिसा आटा र चोकर उत्पादन गर्दै आएको छ ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड २० लाख रुपैयाँ अर्थात् एलडबल माइनस र अल्पकालीन कर्जाका लागि ६६ करोड अर्थात् एफोरको रेटिङ पाएको छ ।

कम्पनीअनुसार भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध गरेर नाफामा निकै धक्का पुगेको छ ।


क्लिकमान्डु