युनियन लाइफ इन्स्योरेन्सका सीईओको तलब भत्ता ८२ लाख बढी, सेयरधनीलाई लाभांश कति ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ८२ लाख २९ हजार ८३० रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।
कम्पनीले सीईओ मनोज कुमार लाल कर्णलाई तलब बापत ८२ लाख ५ हजार ७०९ रुपैयाँ भुक्तानी गरेको छ ।यस्तै बीमा मापत २० हजार १५१ रुपैयाँ, दुर्घटना बीमा बापत ७७० रुपैयाँ र स्वास्थ्य बीमा बापत ३२ सय रुपैयाँ भुक्तानी गरेको छ । यसमा कर्मचारी बोनस जोडिएको छैन ।
आव २०७६/०७७ मा कम्पनीले सीईओलाई ९१ लाख ८ हजार ४६७ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीका अनुसार उक्त आवमा सीईओको तलब भत्ता ८४ लाख १२ हजार ७७ रुपैयाँ रहेको छ ।
बोनस बापत ६ लाख ७२ हजार ७२४ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । दुर्घटना बीमा बापत ३१५ रुपैयाँ लिएका थिए । स्वास्थ्य बीमा र जीवन बीमाको रकममा परिवर्तन आएको छैन । उक्त आवमा कम्पनीले सेयरधनीलाई ८.९७ प्रतिशत लाभांश दिएको छ ।