यतीसँग किनेका पाँच वटै जेट स्ट्रीम जहाज बेच्दै गुण एयरलाइन्स, एयरक्राफ्ट किन्ने



काठमाडौं । गुण एयरलाइन्सले यती एयरलाइन्ससँग किनेका ५ वटै जहाज बिक्री गर्ने भएको छ । जहाज बिक्रीका लागि डिल अन्तिम चरणम रहेको गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यले जानकारी दिए ।

‘यतीसँग किनेका ५ वटा जेट स्ट्रिम जहाज बेच्ने अन्तिम डिल भइरहेको छ,’ सञ्चालक शाक्यले क्लिकमान्डुसँग भने ।

यी जहाजको क्षमता ३० सीट हो । जेट स्ट्रीम जहाज बिक्री गरेर एयरक्राफ्ट किन्ने योजना रहेको शाक्यले जानकारी दिए ।

विदेशी कम्पनीलाई जहाज बेच्न अन्तिम डिल भइरहेकाले ग्राउन्डेड गरिएको शाक्यले बताए ।

कर्मचारीलाई तलब खुवाउन नसकेर प्राधिकरणले सुरक्षाको कारण देखाउँदै गुण एयरलाइन्सका जहाज ग्राउन्डेड नगरेको उनले दाबी गरे ।

तर, विगत एक डेढ महिनादेखि कर्मचारीलाई नियमित लतब खुवाउन नसकिएको शाक्यले स्वीकार गरे ।

गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । व्यवस्थापक परिवर्तन भएपछि गुण एयरलाइन्सको नाम परिवर्तन गरी सिम्रिक बनाइएको थियो । सन् २०१३ मा गुण एयरलाइन्स नै सिम्रिकमा परिवर्तन भएको हो ।

२०७७ बैशाखबाट भने यो कम्पनी थप रणनीतिका साथ गुणकै नामबाट उडान भर्दै आएको थियो । ५ वटा जेट स्ट्रिम जहाजबाहेक गुणासँग २ वटा अमेरिकी विचक्राफ्ट जहाज छन् ।


क्लिकमान्डु