सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

आइतबार छापवाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा सोमबार १३ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु