
काठमाडौं । खुद ब्याज आम्दानीमा वृद्धि भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म बैंकले ३० करोड २५ लाख ९८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को यहि अवधिमा बैंकले १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ मुनाफा आर्जन गरेका थिए । बैंकको नाफा ५३.९५ प्रतिशतले बढेको हो ।
बैंकको खुद ब्याज आम्दानीमा वृद्धि हुँदा नाफा बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९१ करोड ८२ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८० लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आमदानीमा वृद्धि र कर्जा नोक्सानी व्यवस्थालाई छुट्याएको रकम घट्दा बैंकको नाफा बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड ८५ लाख ४१ हजार कर्जा नोक्सानी व्यवस्था गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा बैंकले १७ करोड ६८ लाख ४३ हजार कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको छ ।
बैंकले चालु आर्थिक वर्ष लागेपछि कर्जा केही बढाएको छ भने निक्षेप बढेको छैन । गत असार मसान्तमा बैंकको निक्षेप ५४ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ निक्षेप रहेकोमा पुस मसान्तमा आउँदा ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ रहेको छ ।
यता बैंकको कर्जा ४२ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ रहेकोमा पुस मसान्तमा आउँदा ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँमा पुगेको छ । यसले गर्दा बैंकको ब्याज खर्च पनि घटेको र खुद ब्याज आम्दानीमा वृद्धि देखिएको हो ।
नाफा बढेको बैंकको वितरणयोग्य नाफा ९ करोड ४६ लाख ६१ हजार रुपैयाँ छ । नाफा बढेपनि बैंकले १० करोड ३९ लाख रुपैयाँ ब्याज असुल गर्न नसकी नियामकिय जगेडा कोषमा छुट्याउँदा वितरणयोग्य नाफा कम भएको हो । बैंकको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६९ हजार रुपैयाँ छ । सञ्चित नाफा ९ करोड ४६ लाख ६१ हजार रुपैयाँ र जगेडाकोषमा १ अर्ब ८९ करोड ३३ लाख २८ हजार रुपैयाँ छ ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४६ पैसाबाट बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा, मूल्य आम्दानी अनुपात २४.७८ गुणा छ । बैंकको प्राथमिक पुँजीकोष १०.७० प्रतिशत, र कुल पुँजीकोष १४.१२ प्रतिशत छ । बैंकको निष्क्रिय कर्जा ६.८७ प्रतिशत छ । यस्तै सीडी रेसियो ८३.५५ प्रतिशत, त्रैमासको आधार दर ६.१७ प्रतिशत छ ।








प्रतिक्रिया