यतीकै विमानले लग्यो पाइलट अञ्जु र उनका श्रीमानलाई, क्याप्टेन बन्ने सपना सँधैका लागि अधुरो



काठमाडौं । २०६३ साल जेठ २९ गते जुम्ला विमानस्थलबाट १०० मिटरको दुरीमा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा विमानका क्याप्टेन किरण राज मल्लसहित ९ जना यात्रु थिए । विमानका कोपाइलट थिए, दीपक पोखरेल ।

पोखरेल कोपाइटलबाट क्याप्टेन बन्ने अन्तिम प्रुभिङ उडानका लागि सुर्खेतबाट जुम्ला उडेका थिए । सुर्खेत विमानस्थलबाट उडेको विमान जुम्लामा अवतरण गर्नै लागेको थियो । यात्रुहरुले विमान भित्रबाट रनवे समेत देखिसकेका थिए । तर, यती एयरलाईन्सको विमान जुम्ला विमानस्थलमा अवतरण हुन सकेन ।

जसरी आज पोखरामा विमान दुर्घटना भयो, त्यसैगरी जुम्लामा विमान अवतरण गर्ने क्रममा असन्तुलित भई तिला नदीमा खोचमा दुर्घटना भयो । जसमा चालक दलका तीन सदस्यसहित सबै ९ जना यात्रुको निधन भएको थियो ।

कोपाइलट(फस्ट अफिसर) बाट क्याप्टेन (पाइटल इन कमाण्ड) बन्ने समना देखेका पोखरेल जुम्लामै बिलाए । पोखरेलको अधुरो रह्यो । तर, उनको उक्त सपना पुरा गर्ने अठोट गरिन् उनकी श्रीमती अन्जु खतिवडाले ।

पोखरेलको दुर्घटना हुँदा विरानगरमा रहेकी अन्जुले पाइलट पढेर श्रीमान् पोखरेलले देखेको सपना पुरा गर्ने अठोट गरिन् ।

अमेरिकाबाट पाइटल पढेर आएकी अन्जुले पनि श्रीमानले नै काम गरेको यती एयरलाइन्समा नै काम गर्न थालिन् । केही वर्ष फस्ट अफिसरको रुपमा उडान भरेकी अन्जु पाइटल इन कमाण्ड बन्न लागेकी थिइन । अन्जुको पाइटल इन कमाण्ड (क्याप्टेन) बन्ने यात्रा अन्तिम चरणमा पुगेको थियो ।

आइतबार बिहान प्रशिक्षक पाइटल समेत रहेका क्याप्टेन कमल केसीले अन्जुलाई काठमाडौं पोखरा उडानको कमाण्ड सुम्पे । दायाँ तर्फबाट विमान उडाउने हरेक पाइलटको सपना हुन्छ । त्यसका लागि कयौं घण्टा देब्रे तर्फबाट विमान उडाएको अनुभव आवश्यक हुन्छ ।

अन्जुले उक्त आवश्यकता पुरा गरेर आफैं दायाँ तर्फबाट विमान उडाउने अनुमतिको पर्खाइमा थिइन् । प्रशिक्षक पाइलट केसी अन्जुलाई कमान्ड दिएर आफू देब्रे तर्फबाट उँडे ।

तर, जसरी अन्जुका श्रीमान पोखरेलको अन्तिम उडान सोचे जस्तो भएन त्यसैगरी कोपाइटल अन्जुले पनि श्रीमानको सपना पुरा गर्न सकिनन् ।

जसरी २०६३ सालमा जुम्ला विमानस्थल नजिकै पुगेर अन्जुका श्रीमान् सवार विमान दुर्घटनामा पर्याे, त्यसैगरी आइतबार अन्जुले उडाएको विमान पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुगेर दुर्घटनामा पर्याे ।

१६ वर्षअघि विमान दुर्घटनामा अञ्जुले श्रीमान गुमाएकी थिइन् । हाल ४२ वर्ष पुगेकी खतिवडाले दोस्रो विवाह गरिसकेकी छन् । उनकी सानी छोरी छन् ।

आइतबार बिहान काठमाडौंबाट १०ः३२ बजे पोखरा उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । यती एयरलाइन्सका अनुसार काठमाडौंबाट उडेको विमान १०ः५० मा अन्तिमपटक पोखरास्थित टावरसँग सम्पर्क गरेको थियो ।

टावरले विमान अवतरण गर्न अनुमति दिएको विमान केही समयमै सेती खोजमा दुर्घटना भएको छ ।

दुर्घटना भएको विमानमा चालकदलका ४ जना सदस्यसहित ७२ जना यात्रु थिए । यती एअरलाइन्सका अनुसार चालक दलका सदस्यमा कमल केसी, अन्जु खतिवडा, सृजना होगचुन, ओसीन आले मगर रहेका छन् ।

विमानमा ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु थिए । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेन्टिनी, १ जना अष्ट्रेलियन, १ जना आइरिस, १ जना फान्सेलि नागरिक थिए । कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार ६४ जनाको शव भेटिएको छ । ४ वटा शव देखिए पनि खोँचका कारण निकाल्न सकिएको छैन भने ४ जना अझै बेपत्ता छन् ।


क्लिकमान्डु