जग्गाको लालपूर्जा हुँदा समेत काठमाडौं महानगरले घर भत्काएको स्थानीयको आरोप



काठमाडौं । धोबीखोला करिडोरका घरधनीहरुले काठमाडौं महानगरले घर जग्गाको लालपूर्जा हुँदा समेत ज्यादती गरेको बताएका छन् ।

बुधबार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरको जग्गा मिचेर घर बनाएको भन्दै डोजर चलाएको हो । तर करिडोरका घरधनीहरुले भने महानगरले शक्तिको आडमा लालपूर्जा भएको घर समेत भत्काएर घरमा बस्नेहरुलाई बिचल्ली बनाएको गुनासो गरेका छन् ।

करिडोरमा घर हुने घरधनी प्रेमप्रसाद आचार्यले धोबीखोला करिडोरले करिडोर क्षेत्र भन्दा बाहिर घर रहेको बताए पनि महानगरले मनलाग्दी आएर घर भत्काइदिएको बताए । उनले इन्जिनियरले समेत नापी गर्दा करिडोरको जग्गा भित्र घर नपर्ने देखाए पनि महानगरले ज्यादती गरेर घर भत्काएको बताए । उनले करिडोरले आफ्नो जग्गामा सडक बनाएर पिच गरेर पर्खाल लगाएको जानकारी दिएको बताए ।

आचार्यले घर भएको जग्गा करिडोरले नै निजी जग्गा हो भन्दा भन्दै पनि महानगरले बल प्रयोग गरेको बताए । उनले महानगरले कुनै जानकारी बिना घर भत्काएर जनतालाई दुःख दिने काम गरेको बताए । उनले सरकारी जग्गा नभएको जानकारी दिँदा समेत निजी घर भत्काएर महानगरले आतंक फैल्याएको बताए ।

अर्का एक घरधनीले केन्द्र सरकार र महानगरको दुई वटा नीतिले जनताले दुःख पाएको बताए । उनले इन्जिनियरहरुले पनि फरकफरक चिन्ह दिएको भन्दै महानगरले कुनै जानकारी बिना घर भत्काउन उचित नभएको बताए । उनहरुले महानगर पालिकाको ज्यादतीका लागि अदालत जाने बताए ।

काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला करिडोरको सरकारी जग्गामा बनाएरका संरचना हटाउन सूचना जारी गर्दा समेत नमानेको भन्दै बुधवार डोजर प्रयोग गरी संरचनाहरु भत्काएको हो ।


क्लिकमान्डु