चीनका पूर्वराष्ट्रपतिलाई अधिवेशनबाट बाहिर निकालिनु राजनीतिक नाटक थियो ?



एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीका नेता एवं पूर्व राष्ट्रपति हू जिन्ताओलाई गत हप्ता बेइजिङमा कम्युनिस्ट पार्टीको अधिवेशनबाट निकालिएको घटनासँग सम्बन्धित केही नयाँ भिडिओहरु सार्वजनिक भएका छन् ।

यसमा पोलिटब्यूरोबाट बाहिर हुनेवाला सदस्य ली जंशु जिन्ताओसँग एक फाइल लिन्छन् र केही कुरा गरेको देखिन्छ । जहाँ चीनका राष्ट्रपति शी जिनपिंग एक अर्का व्यक्तिसँग केही कुरा बताउँछन् । उक्त व्यक्तिले पछि हूलाई जान भन्छन् ।

यस अचानक भएको हरकतलाई लिएर कयौं खालका अनुमानहरु जन्मिएका छन् । केही मानिसले जिनपिंगले यस्तो गरेर हूको दौड समाप्त भएको देखाउन चाहेका थिए । तर केहीले भने हूको स्वास्थ्यमा समस्या आएकोले यस्तो गरिएको अनुमान गरिरहेका छन् ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाले पछि एक ट्वीट गर्दै जिंताओंले राम्रो समसुस नगरेका कारण बाहिर लगिएको बताइएको थियो । तर, यसबारे चीनभित्र जानकारी दिइएको भने होइन । किनकी चीनमा ट्विटर प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

यो घटना जिनपिंग र उनका निकटस्थको तेस्रो कार्यकाल घोषणा भन्दा एक दिन पहिलाको हो । यसको समय र चीनको अपारदर्शिताका कारण विश्वभर विभिन्न अट्कलहरु काटिएको छ ।

राजनीतिक नाटक ?

केही मानिसले यो जानबुझ गरिएको एक राजनीतिक ड्रामा भएको तर्क गरेका छन् ।

हू २००३ देखि २०१३ सम्म राष्ट्रपति थिए । उनको नेतृत्वमा चीन बाहिरी विश्वसँग खुल्दै आएको देखिएको थियो । तर जिनपिंगको शैली फरक रहेको छ । नयाँ भिडियो सिंगापुरको च्यान न्यूज एशियाले जारी गरेको हो ।

यसबाट जिंताओ बीमार भएको विषय गलत साबित हुँदैन तर उनी अगाडी राखिएको दस्तावेजसँग यसको सम्बन्ध रहेको देखिएको छ ।

फुटेजमा ली जंशु जिंताओका लागि सहयोग गर्न उभिएका छन् तर उनीपछि वान्ग हूनिंग उनलाई सीटमा तान्छन्, यसपछि जिंताओ जिनपिंगसँग केही भन्छन् , तर त्यसलाई उनले ध्यान दिँदैनन् र जिंताओलाई बाहिर लगिन्छ । छेउछाउमा बसेकाहरुले यसलाई हेर्दैनन् ।

कम्युनिस्ट पार्टीको पत्रिका सन्डे टाइम्सका पूर्व सम्पादक डेंग यूवेन पार्टीले केही यस्तो दस्ताबेज राखेको होस् र उनलाई यो पढ्न अनुमति नदिने कुरा हुन नसक्ने बताउँछन् । यति महत्वपूर्ण बैठकमा यो सम्भब नभएको उनको भनाइ छ । फाइलमा के थियो र त्यहाँ के कुरा भएको थियो भन्ने थाहा नभएसम्म यसलाई बुझ्न नसकिने उनको भनाइ छ ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीका वेन-सीसुंग नयाँ फुटेजबाट सबै स्पस्ट नहुने बताउँछिन् ।

‘चीनमा सबैकुरा सही तरीकाले हुन्छन् । खासगरि एक यस्तो हाई प्रोफाइल कार्यक्रममा त्यो पनि जिनपिंगको शासनमा जहाँ सबै कन्ट्रोलमा नै हुन्छ ‘ उनले भनिनन् ।

अफवाह या वास्तविकता ?

जिंताओ अचानक बाहिर हुने कुरा अचम्मित पार्ने खालको रहेको र यसले गर्दा अफवाह आएको भन्दै उनले यी अफवाहहरुलाई सत्य मान्न नसकिने बताइन् ।

तर डेंग वरिष्ठ अधिकारी, जिंताओका पूर्व सेकेन्ड इन कमाण्ड वेन जिआबाओ सामेल छन् जब जिंताओलाई उनको पछिबाट बाहिर लैजादैं थिइयो तब बाहिर हेरिरहेका थिए यसले केही इशारा गरिरहेको छ । त्यहाँ जे भएको थियो त्यसको गहिरो असर त्यहाँ बसेका अधिकारीमाथि भइरहेको थियो ।

‘तर जिनपिंगको शक्तिमाथि यसको कुन असर परेन, यसले अधिकारीहरुमाथि एक मनोवैज्ञानिक दबाव पार्ने छ’ उनले भने ।

यदी सबै घटना योजनावद्ध थिएनन् र हूको स्वास्थ्यमा समस्या नै आएका कारण भएको रहेछ भने पनि भोलिपल्ट पोलिटब्यूरोले पूर्व राष्ट्रपति अब बाहिर गइसकेका छन्- हू जिंताओको नीतिहरु अब फिर्ता हुने छैनन् भन्ने सन्देश दिन खोजिएको हुन सक्न उनको भनाइ छ ।


क्लिकमान्डु