स्वास्थ्य बीमामा वार्षिक ३५ सय तिरेर पाइन्छ १ लाखको उपचार सुविधा, कसरी सहभागी हुने ?



काडमाडौं । सरकारद्धारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा वार्षिक ३५ सय रूपैयाँ तिर्दा एक लाखसम्मको उपचार सुविधा पाइने व्यवस्था छ ।

काडमाडौं । सरकारद्धारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा वार्षिक ३५ सय रूपैयाँ तिर्दा एक लाखसम्मको उपचार सुविधा पाईने व्यवस्था छ ।

स्वास्थ्य बीमा बोर्डले पाँच सदस्यीय परिवारलई एक युनिट मानेको छ । त्यो परिवारबाट बोर्डले वार्षिक ३ हजार ५ सय रूपैयाँ शुल्क लिन्छ । त्यो वापत उक्त परिवारलाई बोर्डले वार्षिक १ लाख रूपैयाँको सेवा उपलब्ध गराउँछ ।

७ जनाभन्दा बढी सदस्य परिवार रहेको हकमा भने चाँही बोर्डले सो परिवारले अतिरिक्त रुपमा प्रतिपरिवार ७ सय रूपैयाँ तिर्यो भने त्यो परिवारले अतिरिक्त १ लाखभन्दा बाहेक २० हजार रूपैयाँ बराबरको सुविधा पाउँछन् ।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गर्नका लागि भनेर हरेक वडामा दर्ता सहयोगी राख्ने गर्दछ । बोर्डले वडा अध्यक्षको संयोजकत्वमा दर्ता सहयोगी छान्ने गर्छ । बोर्डले छनौट गरेका दर्ता सहयोगी घर घरमा नै परिचालन हुन्छन् । ती दर्ता सहयोगीले हरेक नेपालीको घर–घरमा गएर तथ्यांक संकलन गर्ने काम गर्छन् ।

बोर्डमा आवद्ध भएका दर्ता सहयोगीहरूले घर–घरमा पुगेर ती व्यक्तिहरूलाई बीमाको दायरामा ल्याउन सहयोग गर्दछन् ।

दर्ता सहयोगीले संकलन गरेको तथ्यांकलाई बोर्डको अनलाइन प्रणालीमा राखिन्छ । त्यसपछि बीमित व्यक्तिहरूलाई कार्ड प्रदान गर्ने गर्दछन् ।

के के पाइन्छ सुविधा ?

पाँच जनाको एउटा परिवारले ३५ सय रूपैयाँमा १ लाखसम्मको उपचार सुविधा पाउँछन् । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप एकजना बराबर ७ सय रूपैयाँमा २० हजारको उपचार सुविधा थप हुन्छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।

तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउदैनन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

उपचार सुविधाका लागि बोर्डले स्वास्थ्यचौकी र सरकारी अस्पतालसँग सम्झौता गरेको छ । बीमितले उपचारका लागि बोर्डले सम्झौता गरेको स्वास्थ्यचौकी वा अस्पताल जानुपर्नेछ ।

बीमा गरेको कति समयपछि पाइन्छ सेवा ?

स्वास्थ्य बीमामा अवद्ध भएपछ सेवा लिनमा लागि भने समय कुनु पर्ने हुन्छ । अर्थात वैशाखदेखि असार महिनासम्म दर्ता वा नविकरण भएमा सोही वर्षको भदौ एक गतेदेखि सेवा लिन सकिने व्यवस्था छ ।

साउनदेखि असोज महिनासम्म दर्ता वा नविकरण भएमा सोही वर्षको मंसिर एक गतेदेखि सूविधा लागू हुने बोर्डको भनाइ छ ।

यस्तै, बोर्डका अनुसार कात्तिकदेखि पुस महिनासम्म दर्ता वा नवीकरण भएमा सोही वर्षको फागुन एक गतेदेखि र माघदेखि चैत महिनासम्म दर्ता वा नविरकण भएमा अर्को वर्षको जेठ एक गतेदेखि सेवा सुविधा लागू हुने व्यवस्था छ ।

बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रूपमा स्वास्थ्य बीमा शुरूवात भएको थियो । हाल यस कार्यक्रम स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम देशभरका ७ वटै प्रदेशका ७७ वटै जिल्लामा विस्तार भएको छ ।

२०७२ साल चैतदेखि पाइलट प्रोजेक्टका रूपमा शुरू भएको यस कार्यक्रम हालसम्ममा ५९ लाख भन्दा बढीको सहभागिता छ । स्वास्थ्य बीमाको दायरामा आएको जनसंख्या करीब २० प्रतिशत छ ।


बिजया बास्कोटा