१० वर्षमा १३१ खर्ब लगानी गर्ने अडानीको घोषणा



एजेन्सी । विश्वकै ठूलो व्यापारिक समूहमा पर्न सफल भारतको अडानी ग्रुपले आगामी १० वर्षमा १०० अर्ब अमेरिकी डलर अर्थात् १३१ खर्ब नेपाली रुपैयाँ बराबर लगानी गर्ने भएको छ । सबैभन्दा बढी ग्रीन इनर्जी उत्पादनमा गने अडानी ग्रुपले जनाएको छ ।

अडानी ग्रुपका अध्यक्ष एवं फोर्ब्सको विश्वका धनाड्यहरुको सूचिमा तेस्रो नम्बरमा रहेका गौतम अडानीले यस्तो बताएका हुन् । फोर्ब्सले आयोजना गरेको ग्लोबल सीइओ कन्फ्रेन्स कार्यक्रममा अडानीले आफ्नो भावी सोच बताए ।

इनर्जी ट्राञ्जिशन स्पेशमा ७० प्रतिशत लगानी

अडानीले भने, ‘हामी १०० बिलियन डलर लगानी गर्दैछौं, यसको ७० प्रतिशत हिस्सा इनर्जी ट्राञ्जिशन स्पेशमा लगानी हुनेछ । सोलार उद्योगमा उत्कृष्ट छौं, अब हाम्रो रुचि भनेको थप उचाई छुने हो ।’

अडानी समूह इन्टिग्रेटेड हाइड्रोजनमा आधारित भ्यालु चेनमा ७० बिलियन लडर लगाउने उने बताए ।

थप ४५ गिगावाट बिजुली उत्पादन गर्ने

कम्पनील् अहिलेसम्म २० गिगावाट नवीकरणीय उर्जा उत्पादनमा काम गरिरहेको छ । आगामी दशक थप ४५ गिगावाट हाइब्रिड नवीकरणीय ऊर्जा उत्पादन गर्ने योजना रहेको उनले सुनाए ।

भारतमा ३ उठा फ्याक्ट्री लगाउने

अडानी समूह ३० लाख मेट्रिकटन ग्रीन इनर्जीलाई व्यावसायिक गरिसकेको छ । भारता ३ ठूला फ्याक्ट्री निर्माणाधीन छन् । कम्पनी १० गिगावाट सिलिकनमा आधारित पोटोभोल्टिक भ्यालु चेन पनि बनाउँछ ।

भारतलाई बिजुली बेच्ने देश बनाउने

अडानीले कम खर्चमै ग्रीन इलेक्ट्री तथा हाइड्रोजन उत्पादनमा केन्द्रित रहने बताए । आफूहरुको प्रयोग सफल भएको खण्डमा भारतको गेमभेञ्जर हुने उनको बुझाइ छ । त्यसपछि भारतले ऊर्जा निर्यात गर्ने ढोका खुल्छ । र, भारत ऊर्जा निर्यात गर्ने देशको सूचिमा पर्छ ।

डिजिटल ट्रान्सफरमेशनमा खपत हुन्छ धेरै ऊर्जा

ग्रुपको डिजिटल ट्रान्सफरमेशनका बारे अडानीले भने कि भारतमा डाटा सेन्टर द्रुत गतिमा विकास भइहेको छ । डाटा सेन्टरका लागि सबैभन्दा बढी ऊर्जा चाहिन्छ । यसमा ग्रीन इनर्जीको प्रयोग गर्न सकियो भने धेरै ठूलो उपलब्धि हुनेछ ।


क्लिकमान्डु