दोस्रो बजारमा बीमा कम्पनीको साढे १० अर्ब बढी लगानी, कसको कति ?



काठमाडौं । सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बीमा कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा सञ्चालनमा रहेका ३९ बीमा कम्पनीहरूले १० अर्ब ६९ करोड ६७ लाख रूपैयाँ लगानी गरेका हुन् । जुन कम्पनीहरूले लगानी गरेको कुल लगानीको २.०३ प्रतिशत हो ।

गत आवमा कम्पनीहरूले ५ खर्ब २७ अर्ब ८ करोड २७ लाख रूपैयाँ कुल लगानी गरेका थिए ।

१९ जीवन बीमा कम्पनीहरूले ४ खर्ब ७३ अर्ब १६ करोड ३४ लाख रूपैयाँ लगानी गरेका गरेको समितिको तथ्यांक छ । यस्तै, २० निर्जीवन बीमा कम्पनीहरूले तोकिएका विभिन्न क्षेत्रमा गत आवमा ५३ अर्ब ९१ करोड ९२ लाख रूपैयाँ लगानी गरेका थिए ।

सूचीृकत पब्लिक कम्पनीको साधारण सेयरमा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ६२ करोड ८१ लाख रूपैयाँ लगानी गरेका हुन् । यो निर्जीवन बीमा कम्पनीहरूको कुल लगानीको ४.८७ प्रतिशत हो ।

जीवन बीमा कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीहरूको साधारण सेयरमा ८ अर्ब ६ करोड ८६ लाख रूपैयाँ लगानी गरेका थिए । जुन जीवन बीमा कम्पननीहरूको कुल लगानीको १.७१ प्रतिशत हो ।

निर्जीवन बीमा कम्पनीको ८.८१ प्रतिशतले बढ्यो, ५ वटाले घटाए

अघिल्लो आवको तुलनामा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा निर्जीवन बीमा कम्पनीको लगानी औषतमा ८.८१ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ८१ लाख रूपैयाँ पुगेको छ । अघिल्लो आवमा यी कम्पनीहरूले २ अर्ब ४१ करोड ५२ लाख रूपैयाँ लगानी गरेका थिए ।

१८ कम्पनीमध्ये १० कम्पनीले सेयर लगानी बढाएका छन् । ५ कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी घटाएका छन् । राष्ट्रिय बीमा कम्पनीको लगानी स्थिर छ भने अन्य २ को लगानी शून्य छ ।

अघल्लो आवको तुलनमा हिमालयन जनरल इन्स्योरेन्सले ४३४.१५ प्रतिशतले लगानी बढाएको छ । अघिल्लो आवमा २ करोड ८८ लाख रूपैयाँ बराबरको लगानी गरेको कम्पनीले गत आवमा १५ करोड ४२ लाख रूपैयाँ लगानी गरेको हो ।

रकमको आधारमा सबैभन्दा बढी लगानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी देखिएको छ । ८५ करोड ९५ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको लगानी स्थिर रहेको हो ।

जीवन बीमा कम्पनीको लगानी ३७.२१ प्रतिशतले घट्यो

१८ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ६ करोड ८६ लाख रूपैयाँ बराबरको लगानी छन् । मेटलाइफ बाहेक १८ कम्पनीले सो बराबरको लगानी गरेका हुन् ।

जुन अघिल्लो आवको तुलनामा ३७.२१ प्रतिशतले कम हो । अघिल्लो आवमा यी कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १२ अर्ब ८५ करोड ११ लाख रूपैयाँ लगानी गरेका थिए ।

महालक्ष्मी लाइफले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ४२८.१९ प्रतिशत लगानी गरेको छ ।

अघिल्लो आवमा ९७ लाख ५३ हजार रूपैयाँ लगानी गरेको महालक्ष्मीले गत आवमा ५ करोड १५ लाख १४ हजार रूपैयाँ लगानी गरेको समितिको तथ्यांकमा उल्लेख छ ।

सन नेपाल लाइफले गत आवमा ३६ करोड ३० लाख रूपैयाँ लगानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २१३.२७ प्रतिशत बढी हो ।

१८ मध्ये सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा सबैभन्दा बढी लगानी नेपाल लाइफले गरेको छ । इन्स्योरेन्सले गत आवमा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा २ अर्ब ४९ करोड ७१ लाख रूपैयाँ लगानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा भने २७.१० प्रतिशतले कम हो । अघिल्लो आवमा इन्स्योरेन्सले ३ अर्ब ४२ करोड ५१ लाख रूपैयाँ लगानी गरेको थियो ।

१८ कम्पनीमध्ये ९ कम्पनीले लगानी बढाएको देखिन्छ भने अन्य कम्पनीले घटेको । सबैभन्दा धरै गुराँस लाइफको घटेको छ । गुराँस लाइफले अघिल्लो आवको तुलनमा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३ करोड ३२ लाख रूपैयाँ लगानी गरेको छ । जुन अघिल्ल्लो आवको तुलनमा वर्षमा ८७.६१ प्रतिशत कमी हो । अघिल्लो आवमा इन्स्योरेन्सले यस क्षेत्रमा ३० करोड ६९ लाख रूपैयाँ लगानी गरेको थियो ।

बीमा समितिद्धारा बीमकको लगानीसम्बन्धी निर्देशिकामा निर्जीवन बीमा कम्पनीहरूलाई सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।

यस्तै, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा जीवन बीमा कम्पनीहरूले कुल लगानीको बढीमा २० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था उक्त निर्देशिकाले व्यवस्था गरिदिएको छ ।


बिजया बास्कोटा