सर्वोच्च जान लागेको थिएँ सरकारले घरबाट निस्कन दिएन: जबरा



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले निवासमै रोकेको बताएका छन् ।

आइतबार सर्वोच्च प्रवेश गर्ने तयारी गरेका उनलाई सरकारले निवासमै बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरेको थियो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जबराले भने , ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ । तर, सरकारले निवासमै रोकिदियो। निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ ।’

प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा थिए । तर संसदको आयु नै गएरातिदेखि सकिएको र महाअभियोग स्वत: निष्कृय भएको भन्दै जबरा सर्वोच्च फर्कने तयारीमा थिए ।


क्लिकमान्डु