जगदम्बा मोटर्सले सार्वजनिक गर्‍यो ‘टिभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु’

42
Shares

काठमाडौं । नेपालका लागि टिभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो चर्चित स्कुटरको नयाँ संस्करण ‘टिभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

युवा राइडरहरूको रोजाइ र बदलिँदो चाहनालाई मध्यनजर गर्दै कम्पनीले यो नयाँ र आकर्षक रङको भेरियन्ट बजारमा ल्याएको हो, जसले एनटर्कको पहिचानमा थप आकर्षण र बोल्डनेस थपेको छ ।

यस नयाँ स्कुटरको औपचारिक सार्वजनिक कार्यक्रम १८ जुन २०२६ मा बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले उद्घाटन गरेको उक्त कार्यक्रममा ८० भन्दा बढी सञ्चारकर्मी, ५० भन्दा बढी सामग्री सिर्जनाकर्ता (कन्टेन्ट क्रिएटर) तथा मोटो भ्लगरहरूका साथै टिभीएस प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले नयाँ ब्लेज ब्लु संस्करणको डिजाइन, विशेषता र यसको रेसिङ प्रेरित स्वरूपलाई नजिकबाट अनुभव गर्ने अवसर पाएका थिए ।

टिभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु विशेषगरी स्टाइल, प्रदर्शन र दैनिक प्रयोगलाई एउटै प्याकेजमा खोज्ने युवा राइडरहरूका लागि तयार गरिएको हो ।

यसमा रहेको आकर्षक ब्लेज ब्लु रङ, स्पोर्टी ग्राफिक्स र धारिलो डिजाइनले स्कुटरलाई सडकमा अझै दमदार र प्रभावशाली देखाएको छ ।

टिभीएस रेसिङको विशेष क्षमता बोकेको यस स्कुटरले प्रति लिटर ५० किलोमिटरको प्रमाणित माइलेज र आजीवन वारेन्टी जस्ता महत्त्वपूर्ण सुविधाहरू समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टिभीएस एनटर्कले सधैँ प्रदर्शन र बोल्ड स्टाइल खोज्ने युवाहरूसँग बलियो सम्बन्ध बनाउँदै आएको बताए ।

आफ्नो यात्रामा अरूभन्दा अलग देखिन चाहने राइडरहरूका लागि यो नयाँ संस्करण निकै आकर्षक हुनेमा उनले विश्वास व्यक्त गरे ।

यो कार्यक्रम केवल नयाँ रङको परिचय मात्र नभई टिभीएसको रेसिङ भावना र आधुनिक स्कुटरिङ अनुभवलाई प्रस्तुत गर्ने एउटा माध्यम पनि बनेको उनले बताए ।

Skip This