हिमालयनमा सिभिल बैंक गाभिने,सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको छ ।

बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

एक्विजेशनपछि सञ्चालक समिति हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका सीइओ अशोक राणा हुने गरेर एक्विजेशन पत्रमा हस्ताक्षर भएको हो ।

हिमालयन बैंकले १००:८१ को अनुपातमा सिभिललाई गाभ्न लागेको हो । अर्थात सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुने छ । एक्विजेशन भएको हुँदा दोस्रो बजारमा सिभिल बैंकको मात्र सेयर कारोबार रोक्का हुने छ ।

मंगलबार मध्यरातमा हिमालयन बैंक र सिभिलका सञ्चालकबीच एक्विजेशनमा जानेमा कुरा मिलेको हो । यसअघि हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरमा जाने प्रस्ताव साधारणसभाबाट अस्वीकार गरेको थियो ।


क्लिकमान्डु