देशभर ११६ स्थानमा पुग्यो टाटा मोटर्सको चार्जिङ स्टेसन (सूचीसहित)



काठमाडौं । टाटा मोटर्सले विद्युतीय गाडी प्रयोग गर्ने उपभोक्तालाई धेरैभन्दा धेरै सहज होस् भनेर मुलुकभर चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सले एसी र डीसी दुबै चार्जिङ स्टेसन निर्माण गरेको हो ।

अहिलेसम्म टाटा मोटर्सले मुलुकभर ११६ स्थानमा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ । यी चार्जिङ स्टेसनमध्ये डीसी फास्ट चार्जर १६ र एसी चार्जर एक सयभन्दा धेरै छन् ।

डीसी चार्जिङबाट छिटो चार्ज हुन्छ भने एसीबाट अलि समय लाग्छ ।

यी स्थानमा छन् डीसी फास्ट चार्जिङ स्टेसन
टाटा मोटर्सले मुलुकभरका १६ स्थानमा डीसी चार्जिङ स्टेसन निर्माण गरेको छ । जसमध्ये बागमती प्रदेशमा ललितपुर बागडोल, चुमलिग्टार, हेटौंडा, मुलकोट, भरतपुर र धार्केमा छ ।

त्यस्तै, पोखरको बुद्ध चोक, भैरहवाको पत्थार डन्डा, ढल्केबर, इटहरीको एकम्बा, लुम्बिनीको बालुवाङ र नेपालगञ्ज, धनगढी, सिमरा, लहान र विर्तामोडमा रहेका छन् ।

यी स्थानमा छन् एसी चार्जिङ स्टेसन
त्यस्तै, झन्डै १००स्थानमा एसी चार्जिङ स्टेसनबाट गाडी चार्ज गर्न सकिन्छ । यसमध्ये बागमती प्रदेशमा ४० स्थानमा रहेका छन् ।

काठमाडौंमा नक्साल, नैकाप, सोल्टीमोर, महाराजगञ्ज, गोंगबु, धुम्रबाराही, ताहाचल २ ठाउँ, पुल्चोक, एयरपोर्ट, मध्यबानेश्वर, पुरानो बानेश्वर, तीनकुने, नयाँबानेश्वर, थापाथली, रविभवन २ ठाउँमा, गोकर्ण २ ठाउँमा, नगरकोट ३ ठाउँ, लाजिमपाट, नौबीसे, भूमिस्थान र मलेखुमा रहेका छन् ।

त्यस्तै, ललितपुरमा बालकुमारी, बागडोल, पुल्चोकमा ३ ठाउँ एसी चार्जिङ स्टेसन छन् ।

त्यस्तै बागमती प्रदेश अन्र्तगत हेटौंडा २ ठाउँ, नारायणघाट २ ठाँउ, त्रिशुली, भक्तपुर, नौबीसेमा एसी चार्जर छन् ।

पोखरामा २ ठाउँ, सुर्खेत, कावासेती, दाङ, चन्द्रौटा, भैरहवा, नेपालगञ्ज, बुटबल, नवलपरासी, तानसेन, कपिलवस्तु, विराटनगर, इटहरी, मेची, धरान, दमक, जनकपुर, वीरगञ्ज, ढल्केबर, बौहारी, सिमरा, हरिवन, चपुर, बागमती देउराली, सिस्नेरी, धनकढी, महेन्द्रनगर, धुलिखेल, सौराहा, लमही, कोहलपुर, नेपालगञ्ज, अत्तरी, बनेपा लगायतका ठाउँमा टाटामोर्टसको एसी चार्जिङ स्टेसन उपलब्ध भएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सले नेक्सन र टिगोर दुई मोडलमा आफ्ना विद्युतीय कार बिक्री गरिरहेको छ । आफ्ना इभी ग्राहकले अत्यधिक मन पराएको र राम्रो बिक्री भइरहेको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु