टाटा मोटर्सले बेच्यो ६०० भन्दा धेरै विद्युतीय गाडी, नेक्सन बन्यो गेम चेञ्जर



काठमाडौं । नेपालमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनीमध्येको एक टाटा मोटर्स नेपालले विद्युतीय गाडी बिक्रीमा आक्रमक बनेको छ । कम्पनीले नेपालमा दुईवटा मोडलका विद्युतीय गाडी नेक्सन र टिगोर बिक्री गरिरहेको छ ।

नेक्सन र टिगोर नेपाली बजारमा धेरै मन पराइएका गाडी हुन् । नेपाली बजारमा यी गाडी सार्वजनिक भएपछि धेरै मन पराइएका विद्युतीय गाडी बनेका छन् । अहिलेसम्म नेपाली बजारमा ६ सयभन्दा धेरै नेक्सन र टिगोर विद्युतीय गाडी बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

बिक्री भइसकेका गाडीमध्ये नेक्सन ५७९ थान र २९ थान टिगोर बिक्री भइसकेको टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ । निजी कार सेक्सनमा विभिन्न उत्पादनहरु भए पनि उपभोक्तनले नेक्सनलाई निकै रुचाएका छन् । जसकारण टाटाको नेक्सन कार नेपालका लागि गेमचेञ्जर नै भएको छ भन्दा फरक पर्दैन ।

नेक्सन म्याक्स

नेपाली बजारमा धेरै मन पराइएका गाडी हो नेक्सन म्याक्स । यसको बिक्री संख्याले नै नेपाली उपभोक्ताले धेरै मन पराएका छन् भन्ने देखिन्छ । यसमा रहेका फिचरहरु वल्र्डक्लास गाडीमा हुन फिचरहरु रहेको कम्पनीले जनाएको छ ।

नेक्सन म्याम्समा १४३ इलेक्ट्रिक मोटर पावर (पीएस) रहेको छ । त्यस्तै, ४०.५ किलोवाट घण्टा हाइ इनर्जी डेनसिटी भएको लिथिएम आईओएन व्याट्री प्याक छ ।

नेक्सन इभजीको लम्बाइ, चौडाइ र हाइट क्रमशः ३९९३, १८११ र १६१६ एनएम छ । त्यस्तै, ग्राउन्ड क्लियरेन्स १९० एमएम छ । डीसी फास्ट चार्जरबाट यसलाई फुल चार्ज गर्न ५६ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले व्याट्री र गाडीको छुट्टाछुट्दै वारेन्टी दिएको छ । व्याट्रीको लागि ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको लागि वारेन्टी दिएको छ । ८ वर्ष भएपछि अथवा १ लाख ६० हजार किलोमिटर जुन पहिला हुन्छ त्यसलाई वारेन्टी मानिनेछ ।

त्यस्तै, गाडीको वारेन्टी तीन वर्ष वा १ लाख २५ हजार किलोमिटरको दिइएको छ । जुन पहिला हुन्छ, त्यसलाई वारेन्टी समय मानिने छ ।

टिगोर

नेपाली बजारमा धेरै मन पराइएको टाटा मोटर्सको अर्को विद्युतीय गाडी हो टिगोर । ५५ किलोवाट मोटरपावर रहेको टिगोर विद्युतीय गाडीको व्याट्री प्याक २६ किलोवाट घण्टा रहेको छ ।

ग्राउन्ड क्लियरेन्स १७२ एमएम रहेको यो गाडीको विलबेस २४५० एमएम छ । डिसी फास्ट चार्जिङबाट यो गाडीलाई ६५ मिनेटमा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले व्याट्री र गाडीको छुट्टाछुट्दै वारेन्टी दिएको छ । व्याट्रीको लागि ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मका लागि वारेन्टी दिएको छ । ८ वर्ष भएपछि अथवा १ लाख ६० हजार किलोमिटर जुन पहिला हुन्छ त्यसलाई वारेन्टी मानिनेछ ।

त्यस्तै, गाडीको वारेन्टी ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको दिइएको छ । जुन पहिला हुन्छ, त्यसलाई वारेन्टी समय मानिने छ ।


क्लिकमान्डु