स्मार्टच्वाईस टेक्नोलोजिज र फस्ट पेबीच स्मार्ट अन्तर आवद्धताको लागि सम्झौता



काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फस्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फस्र्ट पे क्यूआरबाीच अन्तर आवद्धताको लागि सम्झौता भएको छ ।

आयोजित कार्यक्रममा स्माटच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फस्र्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकद्घारा २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तर आवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता भएको बताइएको छ ।

बिगत २० वर्षदेखि कार्ड लगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाईस टेक्नोलोजिज र युनियन पेमा आबद्ध भुक्क्तानी संयन्त्रमार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फस्र्ट पे टेक्नोलोजिबीच भएको सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको जनाएको छ ।

सम्झौता पश्यात फस्र्ट पे क्यूआरको सुविधा लिएका बिभिन्न व्यापार-व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका व्यापार–व्यवसायले फस्र्ट पे नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनी भुक्तानी लीन मिल्ने भएको छ ।


क्लिकमान्डु