निर्वाचनमा मतदान गर्न जाने यात्रुलाई बससेवाको अफर, टिकट बुकिङ्ग गर्नेलाई सुनको असर्फी



काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित् गर्दै बससेवाले विशेष अफर ल्याएको छ ।

बससेवा डटकम मार्फत अनलाइन टिकट बुकिङ्ग गर्र्नेे यात्रुले सुनको असर्फी जित्न सक्नेछन् । बैशाख २३ देखि जेठ ५ गतेसम्म बससेवा मार्फत अनलाइन बस टिकट बुकिङ्ग गर्ने यात्रुमध्ये ३ जनालाई गोलाप्रथा मार्फत सुनको असर्फी प्रदान गरिने कम्पनीले जनाएको छ ।

सोही अवधिमा बस टिकट काट्नेमध्ये २० जनाले क्यूएफएक्स् टिकट प्राप्त गर्नेछन् । २७ जना यात्रुले अल्टीमेट वाटर एडभेन्चर्स कम्पनीको तर्फबाट नारायणी नदीमा मोटरबोट चढ्ने टिकट प्राप्त गर्नेछन् । विजेताहरुको घोषणा निर्वाचन सकिएपछि गोलाप्रथाबाट गरिनेछ ।


क्लिकमान्डु