चौधरी ग्रुपले ल्यायो ‘माइडिया’ ब्राण्ड नेपालमा



काठमाडौं । चौधरी ग्रुपले ‘माइडिया’ ब्राण्ड नेपालमा ल्याएको छ । माइडिया कम्पनीले चौधरी ग्रुपलाई नेपाली बजारका लागि आधिकारिक बिक्रेताको रुपमा नियुक्त गरेकोे छ ।

चौधरी ग्रुपका अनुसार कम्पनीले माइडिया ब्रान्डका नयाँ उत्पादनहरूमार्फत प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गरेको छ । दुई पक्षबीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकासमा सहयोग पुग्ने कम्पनीको विश्वास रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

चौधरी ग्रुपका अनुसार, माइडिया ब्रान्डका साना घरेलु उपकरणहरू (एयर प्युरिफायर, एयर फ्रायर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन हब, राइस कुकर, गार्मेन्ट स्टीमर, स्ट्यान्ड फ्यान, फूड प्रोसेसर, ह्यान्ड मिक्सर, ह्यान्ड ब्लेन्डर, केटल, मीट मिनसर, टोस्टर, फ्यान हिटर, पी.टी.सी. सिरामिक हिटर, ओ.एफ.आर. हिटर) नेपाली बजारमा रहेका छन् ।

कम्पनीले किचेन एप्लायन्स (बार्बिक्यु, फ्रि स्ट्याण्डीङ ओभन, माइक्रोवेभ ओभन, टोस्टर ओभन), भ्याकुम क्लिनरहरू (ब्यागलेस, ड्रम–ड्राइ, ड्रम–वेट एण्ड ड्राइ), वासिंङ्ग मेसिन, वासर ड्रायर र रेफ्रिजेरेसन उत्पादनहरु ल्याउने योजना बनाएको जनाएको छ ।

माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाह र लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु