सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मुल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएकोमा मंगलबार पनि सोही मुल्य कायम भएको छ ।


क्लिकमान्डु