रुस-युक्रेन युद्ध नभएको भए आर्थिक वृद्धि ८% पुग्थ्योः अर्थसचिव मरासिनी



काठमाडौ । अर्थसचिव मधु मरासिनीले अहिले आर्थिक अवस्था स्थिर रहेको दाबी गरेका छन् ।

केन्द्रीय तथ्यांक विभागले ५.८४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको बताउँदै मरासिनीले बेमौसमी वर्षा र रुस–युक्रेनको युद्ध नभएको भए आर्थिक वृद्धि ८% प्रतिशत पुग्ने दाबी गरे ।

उनले आगामी आवको बजेट निजी क्षेत्रमैत्री हुने भन्दै हाल भारतबाट बिजुली ल्याउनका लागि छलफल भइरहेको समेत बताए ।

उनले आगामी आवमा राजस्वको दायरा बढाउने र ऋणको भार घटाउने बताए ।

‘अब आन्तरिक उत्पादन नबढाउने हो भने समस्या उत्पन्न हुन्छ,’ उनले भने, ‘कृषि क्षेत्रलाई प्रबर्द्धन गर्न बजेटले सहयोग गर्नेछ ।’


क्लिकमान्डु