इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने



काठमाडौं । सरकारले मुस्लिम समूदायको पर्व इदमा सार्वजनिक विदा दिने भएको छ ।

मुस्लिम समूदायले एक महिना लामो रोजा (व्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा मंगलबारको दिन इद मनाइने भएको छ । सरकारले इदको अवसरमा विदा दिने यसको सूचना गृहमन्त्रालयले दिने सरकारी स्रोतको दाबी छ ।

सरकारले पछिल्लो समय सार्वजनिक विदा अत्यधिक दिन लागेको छ । जेठ १ देखि लागू हुने गरेर शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


क्लिकमान्डु