नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५२ अर्ब



काठमाडौं । केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ४८ खर्ब पुग्ने अनुमान गरेको छ ।


बजार मूल्यमा आधारमा अर्थतन्त्रको आकार ४८ खर्ब र उत्पादन मूल्यका आधारमा ४२ खर्ब ७७ पुग्ने विभागले जनाएको छ ।

यस्तै, चालू आर्थिक वर्षमा ५.८ प्रतिशतको आर्थिक वृद्धि हुने विभागको प्रक्षेपण छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्षमा ४.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योगको वृद्धिदर १०.३प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५.९ प्रतिशत हुने विभागको अनुमान छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्षमा ४.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

चालू आर्थिक वर्षको ९ महिनाको आर्थिक विवरणका आधारमा विभागले अनुमान सार्वजनिक गरेको हो।

जिडिपी गठनाको आधार वर्ष २०६७/६८ परिवर्तन गरिएको थियो । हाल सोही आधार वर्षका आधारमा विभागले तथ्यांक सार्वजनिक गरेको हो ।

केन्द्रिय तथ्यांक विभागले ६० वर्ष देखि राष्ट्रिय लेखा अनुमान प्रकाशन गर्दै आइरहेको छ ।


क्लिकमान्डु