अदालतको अल्पकालिन अन्तरिम आदेशपछि गभर्नर अधिकारीले भव्य रूपमा मनाउने भए ६७औं वार्षिकोत्सव



काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकको ६७ औं बार्षिकोत्सव भव्यताकासाथ मनाउने भएका छन् ।

सरकारलाई असहयोग गरेको भन्दै अधिकारीलाई सरकारले निलम्बन गरेको थियो । तर सर्वोच्च अदालतले सरकारको निर्णयको विरुद्ध पहिलो सुनुवाईमार्फत अन्तरकालिन अन्तरिम आदेश दिएकाे छ ।

अन्तरिम आदेशपछि उनी काममा फर्केका छन् । यस्तै मंगलबार अधिकारीको रिटमाथीको सुनुवाई हेर्दाहेर्दैैमा राखिएको छ ।

मंगलबार बहस नसकिएपछि अर्को पेशी बिहीबारका लागि तोकिएको छ । अर्को पेशी बिहीबारका लागि तोकिएपछि अधिकारीले बुधबार केन्द्रीय बैंकको ६७ औं बार्षिकोत्सव भव्यताकासाथ मनाउन पाउने भएका हुन् ।

यसअघि २ वर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा बार्षिकोत्सव मनाइएकाे थियो । कोरोना महामारी न्यून भएका कारण यो वर्ष राष्ट्र बैंकको बार्षिकोत्सव भौतिक रुपमा आयोजना हुने भएको छ । यो वर्ष भने भव्यताका साथ बार्षिकोत्सव मनाउने तयारी भएकाे राष्ट्र बैंकले जनाएकाे छ ।


क्लिकमान्डु