एनआईसी एशियाले ९ महिनामा ३ अर्ब ६० करोड नाफा कमायो, इपिएस ४१.९४



काठमाडौं । एनआईसी एशिया बैंकले ९ महिनामा ३ अर्ब ६० करोड नाफा कमाएको छ ।

अघिल्लो वर्षभन्दा २० प्रतिशतले नाफा बढाएको बैंक्ले जनाएको छ । बैंकले चैत मसान्तसम्म ३ खर्ब २ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७४ अर्ब कर्जा दिएको छ । निक्षेप र कर्जामा एनआईसी एशिया पहिलो स्थानमा रहेको छ ।

बैंकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ । बैंकले वार्षिक प्रति शेयर आम्दानी ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ । बैंकको खराब कर्जा अनुपात ०.५१ प्रतिशतमा सीमित राखेको छ ।

बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाता पुर्याउन सफल भएको छ ।

बैंकको देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा रहेका छन् ।


क्लिकमान्डु