जग्गाको खण्डीकरण नियन्त्रण गर्ने प्रधानमन्त्रीको घोषणा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अव्यवस्थित सहरीकरण र जग्गाको खण्डीकरणलाई नियन्त्रण गर्ने बताएका छन् ।

जग्गा प्रशासनमा लिखत रजिस्ट्रेसनको वार्षिक समारोहमा बोल्दै प्रधानमन्त्री  देउवा यस्तो जग्गाको खण्डीकरणलाई रोक्ने बताएका हुन् । 

‘पछिल्लो समय मानिसको बसाइसराइले अव्यवस्थित सहरीकरण समस्या बढ्दै गएको छ,नीति ल्याएर खण्डीकरण रोकिन्छ,’देउवाले भने । 
देउवाले नेपालको हिमाल र पहाडमा रहेको जग्गा बाँझो हुँदै गएकाले सरकारले उत्पादनमा जोड दिने उद्देश्यका साथ भू–उपयोग नीति अगाडि बढाएको बताए ।

उक्त भू–उपयोग नीतिले जग्गा खण्डीकरण रोक्ने र उत्पादन बढ्ने अपेक्षा गरेको उल्लेख गरे । साथै, सरकारले लिखत रजिस्ट्रेसनको १०० वर्ष पुगेकाले आगामी दिनमा जग्गा प्रशासनको कार्यलाई प्रविधिमैत्री र सुधार गर्दै लैजाने जिकिर गरे।


क्लिकमान्डु