महालक्ष्मी लाइफले असारभित्रै आइपीओ ल्याउने



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी असारभित्रै सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आउने असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई जारी गर्ने जानकारी गराएको छ ।
कम्पनीले २०७९ सालको क्यालेन्डर सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु क्यालेन्डरमा समावेश गरिएको अध्यक्ष मनोरञ्जन रमण शर्माले बताए ।

तीन वर्षअघि सञ्चालनमा आएको कम्पनीको हाल ६५ वटा शाखा तथा उपशाखा संचालनमा रहेका छन् । यस्तै तीन वर्षको अवधिमा कम्पनीले ३ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेको छ ।


क्लिकमान्डु