राष्ट्रिय बीमा कम्पनीको सीईओमा उप सचिव ज्ञानेन्द्र ओझा नियुक्त



काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अर्थ मन्त्रालयका उप–सचीव ज्ञानेन्द्र ओझा नियुक्त भएका छन् ।

अर्थ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै ओझालाई सीईओ बनाउने निर्णय गरेको हो । राष्ट्रिय बीमा कम्पनीका सूचना अधिकारी निरञ्जन आचार्यले ओझा सीइओमा नियुक्त पत्र अर्थ मन्त्रालयबाट आएको बताए ।

कम्पनीका सीइओ डिल्लीराज अर्याल गत भदौमा कम्पनीबाट बाहिरिएका थिए । सरकारले उक्त पदमा कुनै पनि व्यक्ति नियुक्त नगरेपछि कम्पनीको पदपुर्ती उप–समितिमार्फत खुला प्रतिस्पर्धाबाट सीईओ छनौट प्रक्रिया अघि बढाइएको थियो ।

खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्ने प्रक्रिया अघि बढे पनि पुनः अर्थले नै ओझाको नाम सिफारिस गरेको हो । अर्यालपछि कम्पनीले सुभाष कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको थियो । कम्पनीले खुल्ला प्रतिष्पर्धाबाट सीईओ नियुक्तिको लागि विज्ञापन आह्वान गरेको थियो ।

कम्पनीको पदपूर्ति समितिले मंसिर १२ गते सार्वजनिक सूचना आह्वान गर्दै सीईओ पदका लागि आवेदन माग गरेको थियो । कम्पनीको सीईओ बन्न ११ जनाले आवेदन दिएका थिए । तीमध्ये शैक्षिक योग्यता, कार्याअनुभव र व्यवसायीक कार्ययोजना मूल्याङन योजनाबाट प्राप्त गरेको कुल योगफलको आधारमा उच्च अंक प्राप्त गरेकाको नाम सार्वजनिक गरेको थियो छ ।

उक्त सर्टलिष्टको पहिलो नम्बरमा टोखा नगरपालिका– ११ काठमाडौँका तोयराज अधिकारी, दोस्रो नम्बरमा काठमाडौँ महानगरपालिका– १६ पकनाजोलका बुद्ध काजी श्रेष्ठ, तेस्रो नम्बरमा टोखा नगरपालिका, ७ काठमाडौँका रामबहादुर खड्का र चौथो नम्बरमा चन्द्रागिरी नगरपालिका, १४ काठमाडौँका सुरेन्द्र थापा परेका थिए । त्यस्तै, पाँचौ नम्बरमा गौरीगंजगा पालिका, ६ झापाका शेखर बराल परेका थिए ।


क्लिकमान्डु