बोरामा पैसा राख्ने क्रम बढ्योः डा. बाबुराम भट्टराई



काठमाडौं । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनौपचारिक अर्थतन्त्र व्यापक बिस्तार भएको बताएका छन् ।

अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा बैंकका सीइओहरुसँग छ्लफल गर्न आयोजित बैठकमा डा. भट्टराईले अनौपचारिक अर्थतन्त्र बिस्तार हुँदा बोरामा पैसा राख्ने क्रम बढेको हुन सक्ने आशंका व्यक्त गरे ।

‘बोरामा पैसा राख्ने क्रम बढ्यो भन्ने सुनिन्छ’ डा भट्टराईले भने, ‘अनौपचारिक कारोबार बढेको बेला अवैध कारोबार बढ्नु स्वभाविक हो ।’

डा. भट्टराईले तरलता अभाव नेपालमा नयाँ नभएको भन्दै अर्थतन्त्रको संरचनात्मक समस्या समाधान नहुँदासम्म केही नहुने बताए ।

‘भारतसँग अर्थतन्त्रको परनिर्भरता बढ्दो छ तर, केही राजनीतिक दलले आर्थिक परनिर्भरता कसरी घटाउने भन्दा पनि चर्को राष्ट्रबादका कुरा गर्छन्’ डा. भट्टराईले भने, ‘६० प्रतिशत जनशक्ति कृषिमा निर्भर देश एकै पटक आर्थिक विकासमा जाँदैन । अर्थतन्त्रको संरचनात्मक समस्या हुनुमा हामी नीति निर्माता पनि जिम्मेवार छौं होला तर, आजकै अवस्थाको सामान्य सुधारले अर्थतन्त्र ठिक बाटोमा जान्न ।ँ


क्लिकमान्डु