मेट लाइफको नयाँ बोनस दर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म पाउने



काठमाडौँ । अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ (१६ जुलाई २०२० देखि २०२१) सम्मको बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

सो अवधिसम्ममा मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुको लागि नयाँ बोनस दर कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बीमितले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर पाउने भएका छन् । कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधि अनुसार प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनस दर कायम गरेको छ ।

यस बीमा योजनामा २० वा सो भन्दा माथि बीमा अवधिका लागि ८० रुपैयाँ बोनस दर कायम गरिएको कम्पनीले जानकारी दिएको छ । १ देखि ५ वर्ष बीमा अवधिका बीमालेखमा कम्पनीले प्रति हजार ६० रुपैयाँ र १६ देखि २० वर्षे बीमा अवधिका बीमालेखमा प्रति हजार ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।

शिक्षा संरक्षण बीमालेखमा बीतिमले बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ६० देखि ७० रुपैयाँसम्म बोनस दर पाउने छन् । यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ४५ रुपैयाँ रअधिकतम ६५ रुपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि कम्पनीले ६५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

उल्लेखित बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ । साथै, कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरुमा यही बोनस दर कायम हुनेछ ।

((


क्लिकमान्डु