टेलिकमले दियो ४० प्रतिशत लाभांश, पहिलो पटक २० प्रतिशत बोनस सेयर



काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ ।

टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

टेलिकमले बोनस सेयर दिने भनेर पछिल्लो समय सेयर मूल्य निकै बढेको थियो । कम्पनीले पहिलो पटक सेयरधनीलाई बोनस सेयर दिएको हो । १५ अर्ब रहेको टेलिकमको चुक्ता पुँजी १८ अर्ब हुने छ ।

सरकारी लगानीको टेलिकममा ९२ प्रतिशत सेयर हिस्सा सरकारको छ ।

टेलिकमले चैत २४ मा साधारणसभा गर्ने निर्णय गरेको छ । टेलिकमको बोनस सेयर चैत १० सम्म सेयर किनेका सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु