कारोबार रकमले दिएन साथ, सेयर बजारमा उल्लेख्य सुधार



काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार बजारको उछाल आएको छ ।

निरन्तर गिरावट आएको बजारमा एकाएक सुधार देखिएको छ । अंकको सुधार देखिएको भएपनि कारोबार रकममा भने सन्तोष मानिहाल्ने अवस्था छैन । बजार मापन गर्ने सूचक ५२.२१ अंकले बढेर परिसूचक २५६६.७९ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.२४ अंकले बढेर ४९३.४३ बिन्दुमा रोकिएको छ ।

बिहीबार २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता सेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा एकाएक उछाल आएको भएपनि कारोबार बढ्न नसकेको लगानीकर्ताहरुको तर्क छ ।

यो दिन अधिकांश कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स बढेको छ । बैंकिङ १६.५, होटल ६०.५३, विकास बैंक २०२.९१, जलविद्युत १०२.७८, निर्जीबन बीमा २४८.१, उत्पादन तथा प्रशोधन १२७.२, माइक्रोफाइनान्स ९७.४, जीवन बीमा समूहको उपसूचक ३७१.८४ अंकले बढेको छ ।

कारोबारमा इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्णाली विकास बैंक, नेपाल हाईड्रो डेभलोपर, प्रोग्रेसिभ फाइनान्स, ज्योति विकास बैंकका लगानीकर्ताले कमाउँदा माउन्टेन इनर्जी नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण, बोटलर्स नेपाल (तराई)का लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु