दूधको मूल्य बढाएकोप्रति डेरी उद्योग संघ र डेरी एशोसिएसनको असहमति



काठमाडौं । डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले दूधको मूल्य बढेको प्रति असहमति जनाएको छ ।

दुवै संघले राजधानीमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढेको प्रति असहमति जनाएको हो । ‘मन्त्रिपरिषदको निर्णय अनुसार कच्चा दूधको मल्य प्रति लिटर ६.५२ रुपैयाँ वृद्धि गरि कच्चा दूधको न्युनतम् मुल्य ५६.०४ रुपैयाँ (४ प्रतिशत, फ्याट, ८% प्रतिशत एस. एन. एफ) निर्धारण भई दुग्ध विकास संस्थानबाट मूल्य निर्धारण समिति र मन्त्रालायको निर्देशनको अवज्ञा गरी नीजि क्षेत्रका डेरी उद्योगहरु धरासायी बनाउने मनसायले प्रति लि. । ९ रुपैयाँ वृद्धि गरी आज देखि लागू हुने प्रशोधित दूध प्रति प्याकेको ४२ रुपैयाँ १५ पैसा कायम गरिएको प्रति हामी सम्पूर्ण नीजि क्षेत्रको असहमति प्रकट गर्दछौं’ जारी विज्ञप्तिमा उल्लेख छ ।

नीजि क्षेत्रबाट किसानबाट दूध खरिद गर्दा दुग्ध विकास संस्थान भन्दा बढि नै रहेको र फागुन १ गते देखि लागू हुने गरी किसानहरुबाट खरिद गरिने कच्चा दूधको न्यनतम् मूल्य सहकारी संस्थाहरु समेतको गरि (४% फ्याट, ८% प्रतिशत एस. एन. एफ)को ६२ रुपैयाँ ५२ पैसा कायम गरिएको र प्रशोधित स्टयान्डर्ड दूध प्रति लिटर १० रूपैयाँले वृद्धि गर्ने निर्णय भएको छ ।


क्लिकमान्डु