सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले बढ्यो



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ५०० रुपैयाँले बढेर ९३ हजार ९०० रुपैयाँ पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ छ । जसको मूल्य अघिल्लो दिन ९२ हजार ९०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार २८० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३३ डलर आसपास कारोबार भइरहेको छ ।


क्लिकमान्डु