साढे ३६ करोड राजस्व चुहावट गर्ने ४ जना विरुद्ध मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने ४ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले ३६ करोड ५५ लाख ६७ हजार ५०४ रुपैयाँ माग दावी गर्दै ४ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले काठमाडौं महानगरपालिका-७, चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौं- १० का स्टार ईण्डिया भारतका आधिकारीक बिक्रेता जुपिटर मिडिया, भारतका प्रोप्राईटर अञ्जली अरोरा, काठमाडौं-१० का ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रा।लिका व्यवस्थापक सुरेन्द्र क्षेत्री र काठमाडौं-१० बस्ने ब्रिङ मिडिया डिष्ट्रिव्यूसनका व्यवस्थापक सुमन क्षेत्री विरुद्ध उक्त रकम माग दावी गर्दै मुद्दा दायर गरिएको छ ।

विभागका अनुसार ब्रिङ मिडिया डिष्ट्रिव्यूसनले विभिन्‍न फर्मरकम्पनीहरु बस्तु तथा सेवा वेगरको कर विजक लिई, आफूले ब्यवसायिक रुपमा गरेका सम्झौता अनुसारको प्राप्त हुने ब्यवसायिक आयलाई लुकाई बास्तविक कारोबारमा समावेश नगरेको देखिएको छ ।

ब्यवसायिक कारोबारका लागि प्रा।लि। को नाममा खोलिएका बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी देखाउनु पर्ने बास्तविक कारोबार नदेखाई र नपाउने खर्च समेत दावी गरी मूल्य अभिबृद्धि कर तर्फ क्रेडिट दाबी र आयकर तर्फ खर्च दाबी गरी मूल्य अभिबृद्धि कर तथा आयकर छली गरेको आरोप पत्रमा उल्लेख छ ।


क्लिकमान्डु