कोरोनाकालमा पनि एशियन कंक्रिटोको व्यापारमा चमक, ४०% ले बढ्यो कारोबार



काठमाडौं । कोरोनाकालमा अधिकांश कम्पनीको व्यापार सुस्ताएको समयमा एशियन कंक्रिटोले भने व्यापार ४० प्रतिशतले बढाएको छ । कम्पनीले सन् २०२० को तुलनामा सन् २०२१ मा ४० प्रतिशतले व्यापार बढाएको हो ।

सन् २०२१ मा कम्पनीले ३२ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०१९ मा कम्पनीले २० करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२० मा आफ्नो व्यापार बढाउँदै २३ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले हरेक वर्ष आफ्नो व्यापार बढाउँदै गएको देखिन्छ । कम्पनीले पेभर, केर्बस्टोन, होल्लो/कंक्रिट इट्टालगायत निर्माण सामग्रीको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कोभिड–१९ ले आंशिक बाधा पुर्याएपनि सरकारबाट मान्यताप्राप्त कम्पनी भएकाले केही सहज भएको जनाएको छ ।

कम्पनीमा परिमाणमा समेत ४४ प्रतिशतले बढाएको छ । कोरोनाको समयमा आफ्नो सानो व्यापारलाई सरकारी तथा निजी क्षेत्रका आयोजनाहरु जस्तैः पार्क, कार्य तथा पेभमेन्टलगायत काम हुँदा व्यापार बढेको कम्पनीको भनाइ छ ।

साथै, बजारको माग र सहजताका कारण कम्पनीले ३४ प्रतिशतले मार्जिन कायम गरेको छ । यसअघि सन् २०२० मा कम्पनीले १७ प्रतिशत मात्रै मार्जिन राख्न पाएका थिए ।

त्यसैगरी, कम्पनीले २०२१ को तुृलनामा २०२२ को पहिलो ४ महिनाको अवधिमा ३२ प्रतिशतले आफ्नो व्यापार बढ्ने अनुमान गरिएको छ ।

एशियन कंक्रिटोमा तीन प्रतिष्ठित कम्पनी रुङता ग्रुप, केडिया अर्गनाइजेशन र सिदार्थ ग्रुपको लगानी छ । कम्पनीको वार्षिक २९ करोड ३० लाख पिस उत्पादन क्षमता छ ।

कम्पनीले २०२१ मा आफ्नो व्यापारलाई जोड दिँदा ४८ प्रतिशत कुल व्यापार मुख्य १० ग्राहकमा केन्द्रित भएको छ । कम्पनीले ७८ करोड ९ हजार रुपैयाँको कर्जाको रेटिङ समेत गराएको छ ।


क्लिकमान्डु