जेठ ४ मा एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्न सरकार र आयोगबीच सहमति



काठमाडौं । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन एकै चरणमा जेठ ४ मा गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधामन्त्री तथा सरकारका मन्त्री र आयोगका पदाधिकारी उपस्थित थिए ।

बैठकमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको हो । जेठ ४ मा एकै चरणमा स्थानीय निकायको निर्वाचन हुने छ । यसको घोषणा मन्त्रिपरिषद्ले केही दिनमा गर्ने छ ।

सरकारले सार्वजनिक निकायमा गर्नुपर्ने नियुक्ति गरेर निर्वाचन घोषणा गर्ने तयारी गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले स्थानीय निकायको निर्वाचन घोषणा गर्ने छ । सरकारले आयोगको सहमतिमा निर्वाचन घोषणा गर्ने व्यवस्था छ ।


क्लिकमान्डु